Logo
Logo

क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना पक्राउ


2.3k
Shares

काठमाडौं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्