काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ सोमबार स्वदेश फर्कँने भएका छन् ।
गत असोजमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि उपचारका लागि पुन थाइल्यान्ड गएका थिए । थप उपचारका लागि उनी थाइल्यान्डबाटै चीन पुगेका हुन् ।
‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्यलाभ गरेर नेपाल फर्किदै छु’ नेपाल फर्कन लागेको नेता पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उपचारको क्रममा चीन पुगेका पुन सोमबार बेलुका ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।
थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुन डिस्चार्ज भइसकेका छन् । स्वकीय सचिव पुनका अनुसार अहिले उनी पूर्ण रूपमा स्वस्थ्य भइसकेका छन् ।