Logo
Logo

प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो : योगेश भट्टराई


8.5k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन निराशाजनक रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा गरेको सम्बोधनलाई लिएर सचिव भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

‘प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथि पनि कोरोना तेस्रो लहरले पूरै नागरिकलाई लपेटी रहेको र अबको केहि हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरका बिच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वत्तव्य पुरै निराशाजनक रहेको छ’ भट्टराईले भनेका छन् ।

समाजिक सञ्जाल फेसबुक मार्फत ‘प्रधानमन्त्रीको वक्तब्य र कोरोना बारेमा’ १२ बुँदे टिप्पणी गर्दै उनले भने ‘सरकारबाट आश गरेर होईन आफ्नै सक्रियता र पहलवाट आफ्नो ज्यानको रक्षा गर्नु बाहेक नागरिकसंग अर्को उपाय रहेन् ।’

यस्तो छ भट्टराईको १२ बुँदे टिप्पणी
१. माघ ७ गतेवाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६०% नागरिकलाई खोप दिन सकेको छैन् । खोप–खोप र खोप भन्दै सत्तारोहण भएका प्रधानमन्त्रीले पौषसम्म दुईतिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावाखान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वाशिलो आधार केही देखिँदैन । बुस्टर डोज त झन कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन् ।

२. अहिलेसम्म १८ वर्ष मुनिका बालवालिका मध्ये अधिकाशं खोप पाएर स्कूल कलेज शूचारु हुनुपर्नेमा त्यो शुरसार छैन् । त्यस उमेर समूहका लागि खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन ।

३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पुरा गर्न सकेको छैन् । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोप प्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती, बालबालिका, अपाङ्ग, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।

४. खोपको गुणस्तरियता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरुबाट पटक–पटक प्रश्न उठ्दै आएको छ । त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाईएन्न । गायव २४ लाख डोजको खोजिनिती गर्ने र गल्ती गर्नलाई कार्वाही गर्ने कुरा त झन छँदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।

५. तेस्रो लहरमा आजका दिनमा करिब एकहजार स्वास्थ्यकर्मीहरु स्वयम सक्रमित भएका छन् । यो संख्या प्रत्येक दिन थपिँदै जानेछ । उनीहरुलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र प्रयाप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन् ।

६. स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पूर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन् । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ ।

७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बीमा बापतको रकम विमितहरुले कहिले पाउँछन ? एक शब्द पनि बोलिएको छैन् ।

८. ट्रेसिङ, टेस्टिङ्, आईसोलेस, होल्डीङ, ट्रिट्मेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ ।

९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र बैकल्पिक रोजगारीका माध्यमवाट तल्लो वर्गलाई रोजी–रोटीबाट बन्चीत हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो योजना नै छैन् ।

१०. आजसम्म पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अरर्बौ अरब पैसा खर्च भैसकेको छ । अब सर्वसाधारणको खल्ती रित्तो भैसक्यो । संक्रमण र महामारीमा सरकारले खर्चको दायित्व बोक्नु पर्छ । तर, प्रधानमन्त्रीले कोरोनाको टेष्ट र उपचार निःशुल्क गर्नुपर्ने संवैधानिक दायित्वलाई पुरै वेवास्था गर्नु भएकोछ ।

११. कोरोनाको बारेमा विज्ञहरुको रायअनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तीन तहका सरकारबिच कार्यमुलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पूरै असफल सावित भएको छ ।

१२. प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो वक्तब्य सरकार पूर्णत असफल भएको स्वयमको घोषणा हो ।

प्रतिक्रिया दिनुहोस्