Logo
Logo

‘संविधान कुल्चेर निर्वाचन गर्ने छुट कसैलाई छैन’


15.2k
Shares

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानमा भएको व्यवस्थालाई कुल्चेर कुनै पनि तहको निर्वाचन ढिलो वा चाँडो गर्ने छुट कोही कसैलाई नभएको बताएका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैपटक वा अघिपछि गर्ने लगायतका विभिन्न प्रस्तावमा राजनीतिक दल आन्तरिक छलफलमा रहेको बेला संविधानविद् आचार्यले संविधानअनुसार तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. आचार्यले संविधानलाई उल्लंघन गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन गर्नु नै संविधानसंवत् हुने सुझाव दिएका हुन् ।

आचार्य लेख्छन– ‘धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको छ ।’

संविधनको धारा २२५ मा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख छ । यस विषयमा समेत विभिन्न कोणबाट बहस चलिरहेको बेला आचार्य दलह?को चाहना नभइ संविधान संवत् निर्वाचनमा जुट्नुपर्ने बताउँछन् । पदावधि सकिएको ६ महिनामा निर्वाचन गर्दा समस्या नहुने उनको तर्क रहेको छ ।

उनले लेखेका छन्– ‘ स्थानीय तहको ‘कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले ६ महिनाभित्र’ (धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ । कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन्, दलहरू यसतर्फ नलाग्ने कि ?’

पछिल्लो सयम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको निर्वाचन वैशाखमा गर्ने प्रस्ताव गरेपछि यस विषयमा विभिन्न कोणबाट बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्