काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा गरेको सम्बोधनलाई ‘कसैले घाँटी अँठ्याए जस्तो’ भन्दै टिप्पणी गरेका छन् ।
नेता रावलले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीको सम्बोधनलाई ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ समेत भनेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्वाचनबारे स्पष्ट नबोलेको भन्दै रावलले ‘संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो’ भनेका छन् ।
नेता रावलले प्रधानमन्त्री देउवाको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको समेत आरोप लगाएका छन् ।
प्र.मं. देउवाको भाषण ध्यानपूर्वक पढियो।राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!
— Dr. Bhim Rawal (@BhimRawal179) January 22, 2022