काठमाडौं । आज देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतमा बिदा गर्ने निर्णय गरेको हो ।
उनले २०५४ साल चैतदेखि २०५६ साल मङ्सिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए । सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गरेका थिए ।