Logo
Logo

आयोगलाई लिङ्देनको प्रश्न- ‘हाम्रो विधान कसरी संविधानविपरीत भयो ?’


2k
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट ‘राजसंस्था र हिन्दू राष्ट्र हटाउन’ निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्त नै विधानबाट संशोधन गर्न नसकिने उनको भनाइ छ ।

राप्रपालाई माग २ गते आयोगले पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको थियो । उक्त विषयमा पार्टीमा छलफल आयोगलाई जवाफ दिने लिङ्देनले बताएका छन् ।

फाइल फोटो

आयोगले संविधानको मर्म र भावनाविपरीत पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको लिङदेनले बताएका छन् ।

राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको भन्दै उनले दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिने दावी गरे । ‘हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौँ’ उनले भने, ‘हाम्रो विधान कसरी संविधानविपरीत भयो ?’ राप्रपाले विधान सच्याउने प्रश्नै नआउने उनको भनाय छ ।

प्रतिक्रिया दिनुहोस्