सुनसरी । नेकपा एकीकृत समाजवादीले सुनसरीको भोक्राहा नंरसिह–३ नम्बर वडामा वडा कमिटी गठन गरेको छ ।
धिरेन्द्र यादवको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा विष्णुदेव खत्वे, रमानन्द मण्डल, सचिवमा मोहनकुमार खत्वे, उपसचिवमा गीतादेवी खत्वे र शिवकुमार खत्वे सहित ७५ सदस्य कमिटी गठन भएको छ ।
यसैगरी वडा भेलाले गीतादेवी खत्वेको अध्यक्षतामा अनेमसंघ समाजवादीको ५१ सदस्य भोक्राहा–नंरसिह गाउँ कमिटी गठन भएको छ ।
वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज केशव तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
वडा भेलामा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रतिनिधि परिषद सदस्य डा. सिएन पाठक, प्रदेश सदस्यहरु किरण कार्की, तिर्थ अधिकारी, ब्रहमदेव यादव, सुनसरी प्रचार विभाग प्रमुख राजेन्द्र पोखरेल, जिल्ला सदस्य कल्पना पोखरेल तिम्सिना, गाउँ कमिटी अध्यक्ष जावेद आलमको विशेष सहभागिता रहेको थियो ।