Logo
Logo

स्थानीय तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल गर्दै सत्तारुढ गठबन्धन


1.5k
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनले आज कानून व्यवसायीसँग छलफल गर्दैछन् ।

गठबन्धनका एक नेताका अनुसार स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवासको सरकारी निवास बालुवाटारमा हुने छलफलमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

फाइल फोटो

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । तर, आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गराउने गठबन्धन दलहरुबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्