Logo
Logo
कनुनी उपचार खोज्ने निर्णय

आयोगको निर्देशन पूर्वाग्रही- राप्रपा


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कनुनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।

आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेख भएको ‘सनातन हिन्दूराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको थियो ।

आयोगको पत्र प्राप्त गरेपछि आइतबार बसेको राप्रपाको पदाधिकारी बैठकले संविधानको मर्म र भावनाविपरीत आयोगले पत्र पठाएको निष्कर्ष निकालेको महामन्त्री भुवन पाठकले जनाएका छन् ।

त्यस्तै झण्डाको मध्यभागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन भनेर आयोगले पठाएको पत्र राप्रपाको मूल्य र मान्यताविपरीत भएको उनले बताए ।

विगतमा पार्टीले प्रयोग गर्दै आएको झण्डा र चुनाव चिह्नका रुपमा प्रयोग भएर स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा निर्वाचित भएकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्