Logo
Logo

कामना सेवा विकास बैंकको शाखा स्थानान्तरण


756
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहक वर्गकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा स्थानान्तरण गरिएको छ । बैंकका सञ्चालक ततुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्तरुपमा स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, एक विस्तारित शाखा, एक शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्