काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षा/हिमपात भइरहेको छ ।
आज दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
आज राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाई छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि महाशाखाले गरेको छ ।