काठमाडौं । भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने जनाएको छ ।
अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिइने जनाएको हो ।
कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रस्थान अनुमति दिइने सूचनामा उल्लेख छ ।