Logo
Logo

आगामी निर्वाचनबारे प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गर्ने


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

एक मन्त्रीले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई मंगलबार बालुवाटारमा बोलाएका हुन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचन बारेमा सत्तारुढ गठबन्धनले विभिन्न प्रस्तावको बारेमा छलफल गरिरहेका छन् । सत्तारुढ गठबन्धनले कात्तिक वा मंसिरमा तीनै तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यसको चर्को विरोध गर्दै आएको छ । उसले निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने अडान राख्दै त्यसलाई सार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको र यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ । निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई छ । निर्वाचन आयोगले त तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्