काठमाडौं । नेपालमा सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १६ हजार ६५४ जनाको पिसिआर परिक्षणका गर्दा ८ हजार ५४ जना र ४ हजार ५४७ जनामा एन्टीजेन परिक्षण गर्दा २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ हजार ५४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ८ लाख २४ हजार २३९ जना निको भएका छन् । हाल नेपालमा ८२ हजार ५५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।