Logo
Logo

नालीमा खसेर मरेको गैँडाबारे अनुसन्धान गरिने


252
Shares

चितवन । नारायणघाट–हेटौँडा सडकखण्डको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा खसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मा दिएको छ ।

निर्माणाधीन सडकको नालामा खसेको गैँडा आइतबार बिहान मरेको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वार्डेन राजु घिमिरेलाई यसको अनुसन्धानका लागि जिम्मा दिएको हो ।

अनुसन्धान गरेर मुद्दा चल्नेरनचल्ने विषयमा निर्णय हुने जानकारी आचार्यले दिए ।

प्रतिक्रिया दिनुहोस्