Logo
Logo

स्थानीय तहका निर्वाचन वैशाखमै हुनुपर्ने शेखर पक्षको अडान


882
Shares

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्ष असन्तुष्ट बनेको छ । सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्ट व्यक्त गरेका हुन् ।

सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राखेको छ । स्थानीय तहका पदाधिकारी कामचलाउ हुन सक्ने भएकाले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने उक्त समूहको जोड छ ।

बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, ‘संघ र प्रदेश सरकारको काम चलाउको व्यवस्था छ । संवैधानिक महत्त्व दिएर काम चलाउको रूपमा स्थानीय तहमा निर्वाचितहरु रहने व्यवस्था छैन ।’

निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्ने उनले बताए । ‘पार्टीमा छलफल नगरि गबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ,’ उनले भने । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्