काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
‘७ दिनको लागि स्थगित गरिएकोमा काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले कोभिड—१९ विरुद्धको खोप अभियानको आवश्यकतालाई मध्यनजर गरी मंगलबारदेखि कोभिड १९ विरुद्धको नियमित खोप कार्यक्रम संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।