Logo
Logo

समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा कांग्रेस नेताहरुको जोड


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन् । पार्टीका नेता डा शेखर कोइरालाले सोमबार आयोजना गरेका भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिएका थिए ।

बैठकमा नेता डा कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारीलगायतका सहभागी थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानूनविद्हरुसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्