काठमाडौं, २० जेठ ।
कोटेश्वर–कलंकी सडकमा सोमबारदेखि नयाँ नियम लागू भएको छ । सो सडकको मुख्य लेनमा प्रतिघन्टा ५० किलोमिटरका दरले मात्र सवारी चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै सर्भिस लेनमा प्रति घन्टा २० किलोमिटरका दरले सवारी चलाउन पाइने छ ।
फराकिलो सडकमा तिव्र गतिका कारण हुने दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ । तोकिएको भन्दा धेरै गतिमा सवारी चलाउनेलाई पाँच सय रुपैयाँ जरिवाना गरिने ट्राफिक प्रहरीले जनाएको छ