काठमाडौं । महिनौंसम्म उच्च पदहरु रिक्त राखेर प्रहरी अधिकृतको करिअर अस्तव्यस्त बनाइएको सशस्त्र प्रहरी बलको स्थापना दिवसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालददेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले संगठनको मनोबल बढाउने भाषण गरे । तर, सशस्त्र प्रहरीका समस्याबारे भने कसैले चासो दिएन ।
सशस्त्र प्रहरीमा सरुवा र बढुवा नियमित हुन छाडेका छन् । अन्यायमा परेको भनेर कसैले उजुरी गरेपनि त्यसको सुनुवाई हुँदैन । तर, स्थापना दिवसमा भने सबैले चर्काे कुरा गरेको सुनेर सशस्त्र प्रहरी कर्मचारी आश्चर्यमा परेका छन् ।
ग्त साउनमा हुनुपर्ने इन्सपेक्टर, डिएसपी र लेखापालको सरुवा अझै हुनसकेको छैन । इन्सपेक्टरभन्दा माथि करिब एक सय पद रिक्त भए पनि पद रिक्त राखिएको छ । जबकि, १७ वर्षदेखि सशस्त्रका इन्सपेक्टरहरु एउटै पदमा काम गर्न बाध्य छन् । सरकारले बिओपीको संख्या पाँच सय पु¥याउने लक्ष्य राखेपनि यो वर्ष दरबन्दी थप नहुँदा बिओपीको संख्या बढ्ने सम्भावना देखिएको छैन । स्थापना दिवसमा यसतर्फ कुनै विषय नै उठाइएन ।
साथै, सशस्त्र प्रहरी दिवसमा दिइएका कतिपय पुरस्कारमाथि पनि प्रश्न उठेका छन् । बदनामलाई पुस्कृति गरिएको भन्दै आलोचना भएको छ ।