Logo
Logo

सरकार एमालेविरुद्ध षड्यन्त्र गर्न केन्द्रित : अमृत बोहरा


0
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले गठबन्धन सरकार एमालेविरुद्ध षड्यन्त्र गर्न केन्द्रित भएको आरोप लगाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष बोहराले अहिले सरकार जनताको सेवामा खटिनुपर्ने आवश्यकता भए पनि एमालेविरुद्ध षड्यन्त्र गर्न केन्द्रित भएको टिप्पणी गरेका हुन् ।

‘यतिखेर देशमा गठबन्धनको सरकार छ। यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ‚’ विज्ञप्तिमा उल्लेख छ‚ ‘राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त छन्। आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन्। कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन् ।’

राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी भएको बताएका छन्। विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका छन्।

‘स्थानीय कमिटी हाम्रो पार्टीको जग हो। त्यसैले यसलाई एकताबद्ध, गतिशील र सुदृढ बनाउन हामी सक्रियतापूर्वक लाग्नुपर्दछ‚’ अध्यक्ष बोहरा भन्छन्, ‘स्थानीय पार्टीले जनसरोकारका विषयमा बढी सोच्नुपर्दछ। पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृतिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्