Logo
Logo

वामदेव गौतम र पत्नी तुलासालाई कोरोना पुष्टि


1k
Shares

काठमाडौं । राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र पत्नी तुलसा थापा गौतमलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गौतमका छोरा हरिश गौतमले सामाजिक सञ्जाल लेख्दै पिता वामदेव र माता तुलसालाई कोरोना संक्रमण भएको जनकारी गराएका छन् ।

नेकपा एमालेका पूर्व नेता समेत रहेका वामदेव र पत्नी तुलसालाई केही दिन देखी विरामी थिए । रुघाखोकी, घाँटी दुख्ने समस्या दुबैमा देखिएको थियो ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्