Logo
Logo

भारतीय दूतावासमा मनाइयो गणतन्त्र दिवश


756
Shares

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार एक समारोहबीच भारतको ७३ औँ गणतन्त्र दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै शुभारम्भ भएको कार्यक्रममा भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो । सो अवसरमा भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको राजदूत क्वात्राले सुनाए । सो अन्र्तगत नेपालका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्