काठमाडौं। एनआईबीएल समृद्धि फण्ड–१ ले अफ्नो स्वामित्वमा रहेको धितोपत्र तथा ऋणपत्र लिलामीमा राखेको छ।
एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतको योजनाले नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुन बाँकी कम्पनीको सेयर लिलामीमा राखेको हो ।
प्रभु बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र डिप्रोक्स लघुवित्तको बोनश शेयर, एक्सेल डेभलपमेन्ट बैंकको सूचिकृत हुन बाँकी हकप्रद शेयर, मर्जरको प्रकृयामा रहेका नाडेप लघुवित्त, आधिखोला लघुवित्त र समाज लघुवित्त र विभिन्न ऋणपत्रहरु बोलकबोल प्रकृयाबाट बिक्रि गर्न लागेको हो ।
एनआईबीएल समृद्धि फण्ड–१ ले योजना अन्तर्गत रहेको कुल ११ हजार ६१६ कित्ता सूचिकृत हुन बाँकी बोनश, हकप्रद र कारोबार रोक्का भएका कम्पनीको शेयर र ७९ हजार ५०० कित्ता ऋणपत्र बिक्रीमा राखेको छ । गत पुस २२ गते परिपक्व भएको फण्डले यी बाहेक अधिकंश अन्य शेयरहरु बिक्री गरिसकेको छ ।
बोलपत्र आह्वानसम्बन्धी एनआइबीएलको सूचना यस्तो छ–