Logo
Logo

प्रचण्ड र माधव नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव


3k
Shares

चितवन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्