Logo
Logo

निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


5.4k
Shares

फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठकल शनिबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको हो ।

बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । यस्तै राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुनेछ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि शुक्रबार बिहान (हिजो) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका थिए ।

तीन नेताबीच छलफल भएपछि शनिबार (आज) सत्ता गठबन्धनको बैठक बस्ने सहमति भएको हो । निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ । कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्