काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको जनाएको हो ।
प्रशासनले जारी गरेको आदेश अनुसार ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने उल्लेख छ ।
आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हटेको छ । यसअघि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेकोले झनै संक्रमणको जोखिम बढेको भन्दै जनस्तरबाट सरकारको आलोचना हुँदै आएको थियो ।
माघ मसान्तसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने पनि प्रशासनको आदेशमा उल्लेख गरेको छ । तर, प्राविधिक तथा भाषा परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो । तर, कोरोनाको जोखिम यथावत् रहेको भन्दै यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।
यस्तो छ आदेश