Logo
Logo

भारतमा उत्पादित ‘जेके’ ब्रान्डको ओटीआर टायर नेपालमा


1.3k
Shares

काठमाडौं । भारतको टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर नेपालमा बिक्रि वितरण सुरु गरेको हो ।
एक कार्यक्रमबीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे । सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक छ । जेके टायरका गुणस्तरयुक्त टायर त्यस्ता उपकरणका लागि उपयुक्त हुने र हेभी इक्विपमेन्ट व्यवसायीहरुले फाइदा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।’
जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग हुँदै आएकोछ ।
ग्राहकको मागअनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिष्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्