Logo
Logo

निर्वाचन घोषणा गर्न एमालेले सरकारलाई दबाब दिने


1.8k
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयकाे बैठकले वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको हाे ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरिएकाे सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष हाइलेभन डेलिगेशन जानेसमेत निर्णय भएको उनले बताए ।

केन्द्रीय कार्यालय बैठकले आसन्न स्थानीय निर्वाचनमा पार्टीका सम्पूर्ण मातहत कमिटीहरुलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताए ।

कार्यालय बैठकले सचिवालय बैठकमा पेश गर्ने एजेण्डा पनि तय गरेको छ । राष्ट्रियसभा निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय भएको छ ।

त्यस्तै १६ जिल्ला बाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थीत गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्