Logo
Logo

खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन


756
Shares

काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन निर्देशन दिएको छ ।

सोमबार बसेको छानविन समितिको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकारवाला सबैलाई निर्देशन दिएको हो ।

बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।

यसअघि स्वास्थ्य सचिव डा। रोशन पोखरेलले २४ लाख डोज खोप रेकर्डमा नरहेकोबारे संसदीय समितिलाई जानकारी गराएका थिए । त्यसपछि सरकारले हराएको खोप खोज्नका लागि ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्