Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम


3k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा हुस्सु लागेको छ ।

त्यस्तै आज (मंगलबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने महाशाखाको भनाई छ ।

त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने छ । देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने माहाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्