Logo
Logo

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस


4.9k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

सोमबार बढुवा समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपसचिवमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य रहेका छन् ।

त्यस्तै कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरि, दिनेश अधिकारी, बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी सिफारिसमा परेका छन् ।

त्यस्तै हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्