काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका छन् ।
अनेरास्ववियुका कार्यकर्ताहरु विहानै पुल्चोकमा भेला भएर स्थानीय तहको निर्वाचन लागेको भन्दै निर्वाचनको मिति घोषणा गर, निर्वाचन सार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
प्रमुख प्रतिपक्ष एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न मा गर्दै आएको छ ।
सत्तारूढ गठबन्धनको बैठकमा जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति भए पनि सरकारले मिति भने घोषणा गर्न बाँकी छ ।