Logo
Logo

सशस्त्र प्रहरीमा महिला काण्ड


66k
Shares

काठमाडौं । अर्काको घरबार बिगारेको आरोपमा सशस्त्र प्रहरीका एक सिनियर अधिकृत कारबाहीमा परेका छन् । महोत्तरीस्थित गणमा कार्यरत एसपी दिपेन्द्र गिरी कारबाहीमा परेका हुन् ।

बुटवलका एक व्यापारीले उनीविरुद्ध सशस्त्र प्रहरी मुख्यालयमा उजुरी गरेका थिए । आफ्ना श्रीमतीसँग लागेर एसपी गिरीले परिवार नै बिगारेको आरोप लागेको थियो । गोप्य फोटोहरूसहित उनीविरुद्ध उजुरी परेको थियो । छानबिनमा उनी दोषी देखिएपछि विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । विभागीय कारबाही गरेपनि उनलाई गणपतिबाट भने हटाइएको छैन ।

जसकारण महोत्तरीमा तस्करी बढेको छ । महोत्तरीको सम्शी बिओपीबाट तस्करी बढेको हो । बिओपीका इन्चार्ज रहेका इन्सपेक्टर भिमबहादुर रानाले तस्करीको लाइन नै खुलाएका छन् । आफु बाहिनीपतिको खास मान्छे भएको भन्दै एसपी गिरीसँग मिलेर उनले लाइन खुलाएका हुन् ।

गणहरूमा नयाँ कमाण्डर पुगेलगत्तै तस्करी सुरु भएको रिपोर्ट सशस्त्र मुख्यालयमा पुगेको छ । मधेश प्रदेशको सप्तरी, सिरहा र महोत्तरीमा तस्करीको लाइन खुलेको हो । सप्तरीको तिलाठी, रामनगर र बोधेबर्साइन नाकाबाट कपडा र सुर्तीको तस्करी बढेको छ । सप्तरीका एसपी प्रदीप खड्काको मिलेमतोमा तस्करी भएको हो ।

उता, सिरहाका एसपी रमेशकुमार थापा पनि हाजिर हुने बित्तिकै कमाउ धन्दामा लागेका छन् । सिरहाको माडर, पटेहर्बा, नवराजपुर झाझपट्टि इलाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी बढेको हो । केही दिनअघि नवराजपुरबाट अबैध सामानसहित आएको जिप भन्सार कार्यालयले नियन्त्रणमा लिएको घटनामा पनि सशस्त्रको मिलेमतो देखिएको थियो ।

फिल्ड कमाण्डको अनुभव नभएका र कमजोर कमाण्ड क्षमता भएका एसपीलाई सिरहा जस्तो जिल्लामा पठाउँदा तस्करी बढेको हो । पैसा खर्च गरेर आफ्नो सरुवा भएको भन्दै उनी उठाउन लागेका छन् ।

रुपन्देहीमा पनि अवस्था उस्तै छ । एसपी शंकर खनाल र डन्डा बिओपीका इन्सपेक्टर कृष्ण अर्यालको सेटिङमा तस्करी मौलाएको छ । तर, दुवै जनालाई शक्तिकेन्द्रको आशिर्वाद भएकाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कारबाही गर्न सकेका छैनन् ।

त्यसो त अवकाश पाउन लागेका महानिरीक्षककै कारण सशस्त्र प्रहरी अस्तव्यस्त छ । ६ महिनापछि उनले एसपीको सरुवा गरेपछि डिएसपी र इन्सपेक्टरको सरुवा गर्न सकेका छैनन् । जसले संगठनमा नैराश्यता बढाएको छ । महानिरीक्षकले बढुवासमेत रोकेर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्