काठमाडौं । जापानले नेपालमा कोरोना खोप भण्डारण क्षमतालाई विस्तार गर्नका लागि अनुदान सहायता गरेको छ ।
युनिसेफसँगको सहकार्यमा जापानले ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेनेटर, एक हजार १०९ वटा भ्याक्सिन क्यारियर्स र ५३ वटा कोल्ड बक्स उपलब्ध गराएको हो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले हाल नेपालले कोभिड–१९ को तेस्रो लहरको सामना गरिरहेको र यो बेला खोप अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै खोप भण्डारण क्षमतालाई थप विस्तार गर्नका लागि आवश्यक उपकरण सहयोग गरिएको बताए ।
जापानले यसअघि पनि कोभिड महामारीलाई लक्षित गरी नेपाललाई एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल सामग्री सहयोग गरेको थियो।