Logo
Logo

भारतले नेपाललाई १२ अर्ब अनुदान दिने


1.1k
Shares

काठमाडौं । भारतले आर्थिक वर्ष २०२२/२३ मा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेका आ.व. २०२२/२३ को बजेटमा सात अर्ब ५० करोड भारतीय रुपैयाँ बजेट नेपाललाई अनुदान दिनका लागि छुट्याइको हो। यो अघिल्लो वषृको बजेटमा छुट्याइएको रकमभन्दा कम हो । गत वर्ष ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

आ.व २०२२/२३ मा भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटनलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । त्यस्तै अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्