Logo
Logo

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान


945
Shares

काठमाडौं । निर्वाचन आयोगले २०७९ जेठ चार गते हुने स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगमा पदाधिकारीबीच स्थानीय तहको निर्वाचन जेठ चार गते एकै चरणमा गर्ने छलफल भएको थियो । छलफलमा आयोगले अनुमानित खर्चबारे पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा ३० प्रतिशत खर्च बृद्धि हुने आयोगले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको थियो । अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने आयोगको अनुमान छ ।

निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च, मतदानस्थल, मतदान केन्द्र, मतपत्र र मतदान सामग्रीको खर्च वृद्धि हुने आयोगको भनाइ छ । एकै चरणमा निर्वाचन नभए निर्वाचन खर्च बृद्धि हुने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्