काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी( सम्झौतामा कुनै पनि दस्तावेज गोप्य नराखिएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै एमसीए नेपालले एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको दाबी गरेको हो । आफ्नो संस्था हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको बताउँदै सम्झौताका सबै कागजात वेभसाइटमा रहेको उल्लेख छ ।
विज्ञाप्तिमा भनिएको छ– ‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ ।’