काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले मौरिससमाथि दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले मौरिससलाई १-० गोल अन्तरले पराजित गरको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनानपूर्ण खेलमा नेपाललाई जित दिलाउनको लागि सुजल श्रेष्ठले गरेको गोल नै निर्णयक गोल बन्यो । श्रेष्ठले खेको १०औं मिनेटमा गोल गरेका थिए ।
नवीन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई श्रेष्ठले गोलमा परिणत गरेका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
१२औं मिनेटमा मौरिससले पेनाल्टी पाएको थियो । गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि मौरिससले पेनाल्टी पाएको थियो । कप्तान सोफीले नै प्रहार गरेको पेनाल्टी किरणले बचाउँदा गरेका थिए । आजको म्यान अफ द म्याज पनि किरण नै बने ।
यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल गरेका थिए ।