Logo
Logo

बालुवाटारमा देउवा-प्रचण्डबीच भेटवार्ता


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताइएको छ ।

बुधबार प्रधनमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । सचिवालयका अनुसार उनीहरुबीच एमसीसी सम्झौता र स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।
निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिस अनुसार सरकार निर्वाचनको मिति तोक्ने तयारीमा रहेको छ । अब बस्न मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने जनाएको छ ।

यस्तै, एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबीच मतभेद सतहमा आएको छ । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने अडानमा पुगेको मतभेद सतहमा आएको हो ।

तर, सत्ता गठबन्धनकै नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने अडानमा रहेका छन् । त्यसैले नेपाली कांगे्रसका सभापति एवं प्रधानमन्त्री देउवा अप्ठ्यारो अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्