काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नको लहर चलेको बताएका छन् ।
बुधबार काठमाडौंमा विभिन्न दलका नेता–कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको छ । अरु पार्टी परित्याग गरि एकीकृत समाजवादीमा समाहित हुनेकाे लहर चलिरहेको छ । पार्टीको केन्द्रीय कार्यलयमा दिनुहँजसो पार्टीमा प्रवेश गर्नेहरुको ताति लाग्ने गरेको छ ।’
उनले देश निमार्ण र समाज परिवर्तन गर्ने अभिभारा आफूहरुको काँधमा आएको बताए । उनले भने, ‘यो देश निमार्ण गर्ने अभिभारा, समाज परिवर्तन गर्ने अभिभारा हाम्रको काँधमा आएको छ । इमानदार कम्युनिष्टहरुको काधमा आएको छ । क्रान्तिकारी विद्रोही चेत भएका कम्युनिष्टहरुको काधमा आएको छ ।’