Logo
Logo

मन्त्री झाँक्रीको निर्देशनमा धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाइयो


3k
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छन् ।

धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामाग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुणासो आएपछि ती सामग्री हटाएको हो । स्थानीयको उक्त गुणासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाइएको बताए । ‘यहाँबाट उठाएर लगिएको निर्माण सामाग्री कुनै खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामाग्री लिन आउनेलाई एकपटक दिइन्छ । फेरी यसैगरी सडक ओगटेर राखेमा जरिवाना लगाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्