Logo
Logo

माधव नेपाललाई एमाले नेताको चिन्ता, सोधे- अप्ठ्यारेमा त पर्नुभएको छैन ?


14.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरुलाई ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेका छन् ।

बुधबार काठमाडौंमा विभिन्न दलका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराउँदै अध्यक्ष नेपाले आफूले एमालेका नेताहरुलाई आफूले ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेको बताएका हुन् । जति कोसिस गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुले सुध्रार्न नसकेको एमाले नेताहरुको बताएको उनले सुनाए ।

अध्यक्ष नेपालले भने, ‘एमालेका कम्रेडहरुलाई मैले सोधे- अब हिम्मत बढ्यो कि बढेन ? अब तपाईँमा रहेका भ्रम रहेको हट्यो कि हटेन ? तपाईँमा आत्मविश्व पलायो कि पलाएन ? अहिले पनि अप्ठ्यारोमा हुनुहुन्छ कि ? भनेर सोधे । उहाँहरु भन्दै हुनुहुन्थ्यो- केपी ओली सुध्रिनेवाला छैन, हामीले धेरै कोसिस गर्यौँ केपी ओलीलाई सुध्रार्न सकेनौं भन्दै हुनुहुन्थ्यो । ओली दम्भ र अहंकारीबाट मुक्त हुनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्