Logo
Logo

त्रिविले कोरोनाका कारण स्थगित परीक्षा फागुनबाट सुरु गर्ने


1.2k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरेका परीक्षाहरु फागुन १ गतेदेखि सुरु गर्ने भएको छ ।

बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै फागुन १ गतेदेखि क्रमिक रुपमा परीक्षाहरु सञ्चालन हुने जनाएको छ ।

यसअघि कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालयले माघ ९ गतेदेखि वार्षिक तथा समेस्टेर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्