Logo
Logo

शिशुको हत्या गर्न लगाउनेलाई जन्मकैद


945
Shares

काठमाडौं । शिशुको हत्या गर्न लगाउनेलाई उच्च अदालतले जन्मकैद दिएको छ । दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ ।

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा राजकुमारमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर, उच्च अदालत दिपायल राजपुरले भने राजकुमार दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्