सिराह । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तेल ट्यांकर तोडफोड गरेको छ । बिहीबार मिर्चैयाबाट विराटनगर जाँदै गरेको ना४ख१७९८ नम्बरको ट्यांकर नरहा गाउँपालिकामा जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको हो ।
प्रहरीको अनुसार सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् भने ढुंगामुढा गर्ने १३ जना पक्राउ परेका छन् ।
जनमत पार्टीले किसान आन्दोलनको नाममा गरेको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ । प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।