काठमाडौँ । डा. गोविन्द्र केसीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन् । अफूसँग विगतमा भएका सहामति कार्यान्वयन गर्न माग गर्दै डा. केसीले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै डा केसीले विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने, सबैको समान पहुँचमा स्वास्थ्य सेवा हुनुपर्ने माग राखेका छन् । सरकारले सम्झौता कार्यान्वयन नगरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत डा केसीले दिएका छन् ।