Logo
Logo

त्रिभुवन विमानस्थलबाट अवैध सुन र आइफोनसहित तीन जना पक्राउ


1.1k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले ल्याएको सुन र आइफोनसहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा एक किलो एक सय ५५ ग्रम सुन र चार वटा आइफोनसहित उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् । शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए ।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए । थप अनुसन्धानको लागि प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्