काठमाडौं । नेपाल सरकारले प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्रधाकिरणको महानिर्देशक नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले अधिकारीलाई महानिर्देशन नियुक्त गरेको हो ।
२०६४ सालमा नागरिक उड्डयन प्राधिकरणमा आठौँ तहमा सेवा प्रवेश गरेका उनी खुला प्रतिस्पर्धामार्फत निर्देशक पदमा नाम निकालेका थिए । गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको रुपमा काम गर्दै आएका थिए ।